Acts 15:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही दिनपछि पावलले बारनाबासलाई भने, “अब हामीले परमेश्वरको शिक्षा प्रचार गरेका सबै सहरहरूमा फेरि जाऔं। त्यहाँ भएका प्रभुमा विश्वास गर्ने दाजुभाइहरू कस्ता रहेछन्, बुझौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही दिनपछि पावलले बारनाबासलाई भने, “आऊ, जुन-जुन सहरमा प्रभुको वचन हामीले प्रचार गरेका थियौं ती सहरहरूमा फर्केर गई भाइहरूलाई भेट गरौं र तिनीहरू के-कस्ता छन् हेरौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही समयपछि पावलले बारनाबासलाई यसो भने, “हामीले जति सहरहरूमा प्रभुको वचनको प्रचार गर्यौँ, ती सबै ठाउँहरूमा हामी फर्केर जाऔँ; अनि दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेर तिनीहरू कसरी प्रभुमा लागिरहेका छन्, हेरौँ।”
Nepali ERV (पवित्र बाइबल)
केही दिन पछि, पावलले बर्णाबासलाई भने, “हामीले धेरै शहरहरूमा प्रभुको सन्देश भन्यौं। हामी ती शहरहरूमा हाम्रा दाज्यू-भाइ दिदी-बहिनीहरू के गर्दै होलान् भनेर हेर्नलाई एकपल्ट भेट्न जानु पर्छ।”
Nepali Tamang 2011
तिगै धिन लिच्छा पावलसे बारनाबासदा “य्हाङसे ङाच्छा प्रभुला बचन थेःना लबा शहरला विश्वासीगदेदा दोःसी स्याप्बारी निइ ओच्छे थेनीगदे खाह्रङ्बा चीम च्यागे” भिसी भिजी।