Acts 15:39 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस कुरामा पावल र बारनाबासको निकै मतभेद भयो र उनीहरू छुट्टिए। बारनाबासचाहिँ मर्कूसलाई लिएर समुद्रको बाटो भएर साइप्रस टापुमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका बीचमा यति ठूलो मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए, र बारनाबास मर्कूसलाई साथमा लिएर साइप्रसतिर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका बीच यति चर्को मतभेद भयो, कि तिनीहरू एक-अर्काबाट छुट्टिए। अनि बारनाबासले मर्कूसलाई साथमा लिएर साइप्रसका निम्ति जहाजबाट प्रस्थान गरे।
Nepali ERV (पवित्र बाइबल)
पावल र बर्णाबास माझमा यस विषयमा गहन चर्चा भयो। तिनीहरू छुट्टीए अनि भिन्दा भिन्दै बाटो लागे। बर्णाबास मर्कूसलाई लिएर समूद्र यात्रा गर्दै साइप्रसतिर लागे।
Nepali Tamang 2011
चु तामरी पावलदेन बारनाबासला ताम आढिक्ना थेन्नी फेजी। ओच्छे बारनाबाससे मर्कूसदा भोर्सी पानी जहाजरी क्रेःसी साइप्रस भिबा ग्लारी निजी।