Acts 15:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेम सहर आइपुग्दा त्यहाँ भएका प्रभुमा विश्वास गर्ने दाजुभाइ, प्रेरित र मण्डलीका धर्म-गुरुहरूले उनीहरूको स्वागत गरे। त्यसपछि पावल र बारनाबासले त्यहाँ भेला भएका सबैलाई परमेश्वरले उनीहरूद्वारा गर्नुभएको कामहरूको बारेमा बताए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू यरूशलेम आइपुगे, तब तिनीहरूलाई मण्डली, प्रेरित र एल्डरहरूले स्वागत गरे। परमेश्वरले तिनीहरूसँग गर्नुभएका सबै कुराको प्रतिवेदन तिनीहरूले त्यहाँ दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू यरूशलेममा आए, तब मण्डली, प्रेरितहरू र प्रधानहरूले तिनीहरूको स्वागत गरे, जसलाई परमेश्वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरूको बयान तिनीहरूले गरे।
Nepali ERV (पवित्र बाइबल)
पावल, बर्णाबास र अन्य मानिसहरू यरूशलेम आइपुगे। त्यहाँका प्रेरितहरू, अग्रजहरू र सम्पूर्ण विश्वासीहरूले तिनीहरूलाई स्वागत गरे। पावल, बर्णाबास र अन्य मानिसहरूले परमेश्वरले उनीहरूमार्फत गर्नु भएको सबै कुराहरू भने।
Nepali Tamang 2011
थेनीगदे यरूशलेमरी धोखमाहेन्से थेनीगदेदा मण्डलीला म्हिगदेदेन मुल चेलागदे ओच्छे मण्डलीदा च्याबा म्हिगदेसे मान लजी। जमाहेन्से परमेश्वरसे थेनीगदेग्याम लबा जम्मान गे थेरी मुबागदेदा पाङ्जी।