Acts 15:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूको कुरा सुनेर प्रभुमा विश्वास गरेका केही फरिसीहरूले चाहिँ उभिएर यसो भने, “अरू जातिबाट आउने चेलाहरूले यहूदी रीतिअनुसार खतना गर्नैपर्छ अनि तिनीहरूलाई मोशाले दिएका व्यवस्था पूरै पालन गर्न लगाउनुपर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब फरिसी दलका कतिपय विश्वास गर्नेहरूले उभिएर भने, “अन्यजातिहरूको खतना हुनु र तिनीहरूलाई मोशाको व्यवस्था पालन गर्ने आज्ञा दिनु आवश्यक छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि फरिसी दलका केही विश्वासीहरू उभिएर भने, “गैरयहूदीहरूको खतना गर्नुपर्दछ र तिनीहरूले मोशाको व्यवस्था पालन गर्नैपर्दछ।”
Nepali ERV (पवित्र बाइबल)
यरूशलेममा कतिपय विश्वासीहरू जो फरिसीहरूको दलका थिए उठे अनि भने, “गैर-यहूदी विश्वासीहरूले खतना गर्नै पर्छ। मोशाको व्यवस्था मान्नै पर्छ भनेर हामीले भन्नु पर्छ!”
Nepali Tamang 2011
जमाहेन्से फरिसी समूहला कोइ कोइ विश्वासीगदे राप्सी, “अर्गु य्हुलला म्हिगदेदाएनोन खतना लसी मोशाला ठिम अन्छार भ्रतोःला भिसी पाङ्तोःला” भिसी भिजी।