Acts 15:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै वाद-विवाद भएपछि पत्रुसले उठेर भने, “दाजुभाइहरू हो, तपाईंहरूलाई थाहै छ, अरू जातिका मानिसहरूले प्रभु येशूको सुसमाचार सुनेर विश्‍वास गरी मुक्ति पाऊन् भनेर परमेश्‍वरले मलाई तपाईंहरूको बीचबाट निकै समयअगाडि नै छान्‍नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निकै बहस चलेपछि पत्रुसले खड़ा भएर तिनीहरूलाई भने, “भाइ हो, तपाईंहरूलाई थाहै छ, सुरुका दिनहरूमा कसरी परमेश्‍वरले मेरो मुखबाट अन्‍यजातिहरूले सुसमाचारको वचन सुनून्‌ र विश्‍वास गरून्‌ भनी तिमीहरूका बीचबाट मलाई चुन्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ठूलो बहस चलेपछि पत्रुस उठे, र तिनले सम्बोधन गर्न थाले: “दाजुभाइ-दिदीबहिनीहरू हो, तपाईंहरूलाई थाहा छ, सुसमाचारको सन्देश मेरो मुखद्वारा गैरयहूदीहरूले सुनून् र त्यसमा विश्‍वास गरून् भनेर केही समयअगि परमेश्‍वरले तपाईंहरूबाट मलाई छनौट गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
यस विशयमा त्यहाँ लामो र्तक सभा बस्यो। पत्रुस उभिए अनि भने, “मेरा दाज्यु भाइहरू! प्रारम्भिक दिनहरूमा के भयो तपाईंहरू राम्रोसंग जान्नु हुन्छ। परमेश्वरले तपाईहरू माझबाट नै उहाँको सुसमाचारको संदेश गैर-यहूदीहरूलाई प्रचार गर्नलाई मलाई छान्नु भयो। तिनीहरूले मबाट सुसमाचार सुने अनि विश्वास गरे।
Nepali Tamang 2011
थेनीगदे न्‍हङरी ल्‍हानान सल्‍लाह लसी जिन्‍माहेन्‍से पत्रुस राप्‍सी थेनीगदेदा चुह्रङ् भिबारी छ्‌याइजी, “आलेगदे, ल्‍हानान धुइ ङाच्‍छा अर्गु य्‍हुलला म्‍हिगदेसे ङाला सुङग्‍याम थोन्‍बा थार्बा पिन्‍बा समाचार थेःसी विश्‍वास लगै भिसी ह्राङनी न्‍हङ‍ग्‍याम परमेश्‍वरसे ङादा धम्‍बा ताम ह्राङनीदा थानोन मुला।