Acts 15:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै मानिसको हृदय जान्नुहुने परमेश्वरले हामीलाई दिएजस्तै गरी अरू जातिका मानिसहरूलाई पनि पवित्र आत्मा दिनुभयो। यसरी उहाँले अरू जातिका मानिसहरूलाई आफ्नो बनाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हृदयका कुरा जान्नुहुने परमेश्वरले तिनीहरूलाई पनि हामीलाई जस्तै पवित्र आत्मा दिनुभएर तिनीहरूलाई ग्रहण गर्नुभएको कुरा देखाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसको हृदय जान्नुहुने परमेश्वरले तिनीहरूलाई पनि हामीलाई जस्तै पवित्र आत्मा दिईकन ग्रहण गर्नुभएको गवाही देखाउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले प्रत्येकको हृदय जान्नु हुन्छ अनि उहाँले यी गैर-यहूदीहरूलाई स्वीकार गर्नभयो। परमेश्वरले हामीलाई उहाँले दिनुभए जस्तै तिनीहरूलाई पवित्र आत्मा दिनुभए हामीलाई यो देखाउनु भएको छ।
Nepali Tamang 2011
ओच्छे परमेश्वर चा जम्मान म्हिला सेमला ताम था याङ्बा परमेश्वर हिन्ना। परमेश्वरसे य्हाङदा ह्रङ्नोन अर्गु य्हुलला म्हिगदेदाएनोन ह्राङला आत्मा पिन्सी थेनीगदे ङाला हिन्ना भिसी उन्बा मुला।