Acts 16:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा कुरा सुन्‍नेहरूमध्‍ये लिडिया नाउँ भएकी एक जना स्‍त्री थिइन्। उनी थिआटीरा भन्‍ने ठाउँबाट आएर फिलिप्‍पीमा बैजनी रङ्गको लुगाहरूको व्‍यापार गर्थिन्। लिडिया परमेश्‍वरलाई पुज्‍ने स्‍त्री थिइन्। पावलले भनेका कुरामा ध्‍यान दिनलाई प्रभुले उनको मन खोलिदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि थिआटीरा सहरकी निवासी, बैजनी वस्‍त्रको व्‍यापार गर्ने लिडिया नाउँकी एउटी ईश्‍वरभक्त स्‍त्रीले हाम्रा वचन सुनिन्‌। पावलले बोलेका कुरा ध्‍यानसँग सुनून्‌ भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि हाम्रो कुरा सुन्‍ने महिलाहरूमध्ये एक जना थिआटीरा सहरकी, बैजनी रङ्गको कपडाको व्यापार गर्ने लिडिया नामकी महिला थिइन्। तिनी परमेश्‍वरकी भक्त थिइन्। पावलद्वारा बोलिएका कुराहरूमा ध्यान जान सकोस् भनेर परमेश्‍वरले तिनको हृदय खोलिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ थाइआटीरा भन्ने शहरबाट लिडिया नाउँकी एक पत्नी मानिस पनि थिई। उसको पेशा बैगुनी लुगा बेच्ने थियो। तिनले साँचो परमेश्वरको आराधना र्गथिन्। लिडियाले पावल बोलेको सुनिरहेकी थिई अनि प्रभुले पावलले भनेको कुरा विश्वास गराउन उसको हृदय उगारिदिनु भयो।
Nepali Tamang 2011
थेरी ङन्‍ना ताम ङ्‌यान्‍बागदे न्‍हङरी थिआटीरा भिबा शहररी चिबा वाला वाला पिङगै छोनना क्‍वान चूङ्बा परमेश्‍वरदा तेन्‍बा लिडिया भिबा म्रिङम्‍हेमे गिक मुबा। पावलसे पाङ्‌मा ज्‍यना लसी ङ्‌यान्‍सी घोखम्‍गै भिबा सेम प्रभुसे थेदा पिन्‍बा मुबा।