Acts 16:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्‍वास गरेर लिडियाले र उनका घरानाले बप्‍तिस्‍मा लिए। त्‍यसपछि उनले हामीलाई आफ्‍नो घरमा बस्‍ने अनुरोध गर्दै भनिन्, “यदि तपाईंहरूले मलाई साँच्‍चै प्रभुमा विश्‍वास गरेकी बहिनी सम्‍झनुहुन्‍छ भने हाम्रो घरमा आएर हामीसँग बसिदिनुहोस्।” यसरी उनले हामीलाई उनको घरमा जान कर लगाइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनी र तिनका घरका सबैको बप्‍तिस्‍मा भयो, तब तिनले हामीलाई बिन्‍ती गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुकी विश्‍वासीनी ठान्‍नुहुन्‍छ भने मेरो घरमा आएर बस्‍नुहोस्‌।” र तिनले हामीलाई कर लगाइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनी र तिनका घरका सबै सदस्यहरूको बप्‍तिस्मा भयो, तब तिनले हामीलाई आफ्नो घरमा निम्त्याइन्। तिनले “यदि तपाईं मलाई प्रभुको विश्‍वासी ठहराउनुहुन्छ भने मेरा घरमा आउनुहोस् र बस्‍नुहोस्” भनेर हामीलाई कर गरिन्।
Nepali ERV (पवित्र बाइबल)
तिनी र उनका घरमा बस्ने सबैलाई बप्तिस्मा गरियो। त्यसपछि लिडियाले आफ्नो घरमा हामीलाई निम्तो गरिन्। तिनले भनिन्, “यदि तपाईंहरूले मलाई प्रभु येशूको साँचो विश्वासी मान्नु हुन्छ भने, मेरो घरमा आउनु होस् अनि बस्नु होस्।” तिनले आफ्ना घरमा हामीलाई बस्न भनी जोड गरिन्।
Nepali Tamang 2011
थेदेन थेला दिमला जम्‍मान म्‍हेमेगदेसे बप्‍तिस्‍मा किन्‍माहेन्‍से थेसे “चुदे ह्राङनीसे ङादा प्रभुदा विश्‍वास लबा म्‍हि म्‍हन्‍सम ङाला दिमरी फेप्‍खसी धन्‍छ्‌यागो” भिसी ङन्‍दा कर लसी ङ्‌योइजी।