Acts 16:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै दिनसम्म त्यस केटीले त्यसै भनेर कराइरही। आखिरमा यसरी कराइरहेकी सहन नसकेर पावलले त्यो केटीतिर फर्केर दुष्ट आत्मालाई भने, “म येशू ख्रीष्टको नाउँमा तँलाई आज्ञा दिन्छु, तँ यो केटीबाट निस्केर गइहाल्।” पावलले यस्तो भन्नेबित्तिकै त्यो दुष्टात्मा त्यस केटीबाट निस्केर गइहाल्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले धेरै दिनसम्म यसो गरिरही। तब पावलले झिजो मानेर फनक्क फर्की त्यस दुष्टात्मालाई भने, “येशू ख्रीष्टको नाउँमा म तँलाई त्यसबाट निस्कने आज्ञा गर्दछु।” अनि त्यो दुष्टात्मा त्यही घड़ी निस्किहाल्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धेरै दिनसम्म त्यसले यस्तै कुरा गरिरही। यस कुराले पावललाई दिक्क गरायो; यसैले फनक्क फर्केर तिनले त्यस दुष्ट आत्मालाई भने, “येशू ख्रीष्टको नाममा म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यही क्षण त्यो दुष्ट आत्माले त्यसलाई छोडिदियो।
Nepali ERV (पवित्र बाइबल)
उसले यस्तो धेरै दिनसम्म गरी। यसले पावललाई दिक्क लाग्यो अनि यसैले उ फर्क्यो अनि त्यो आत्मालाई भन्यो, “येशू ख्रीष्टको शक्तिले म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यो आत्मा लगत्तै बाहिर निस्क्यो।
Nepali Tamang 2011
थे नोकरस्यासे ल्हानान धिनधोना चुह्रङ् पाङ्बाला पाङ्बान लबासे लमा पावल छेर्सी थेपट्टि फ्लिक दोःसी थे नोकरस्याला ल्हुइरी मुबा म्हङदा चुह्रङ् भिसी भिजी, “ए थेला ल्हुइग्याम येशू ख्रीष्टला मिनरी थोन्सी निउ भिसी ङाइ कुल्बा मुला।” पावलसे थेह्रङ् भिमैछ्याम थे म्हङ थोन्सी निजी।