Acts 16:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
झ्‍यालखानका हाकिम बिउँझिए त्‍यहाँ उनले सबै ढोकाहरू खोलिएका देखे। सबै कैदीहरू भागेछन् भन्‍ने सम्‍झेर उनले फुत्त तरवार झिकेर सेरिएर मर्न खोजे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
झ्‍यालखानका हाकिम निद्राबाट ब्‍यूँझे, र झ्‍यालखानका ढोकाहरू उघ्रेका देखेर कैदीहरू सबै भागिसके भन्‍ठानेर उनले अपहत्‍या गर्ने विचारले आफ्‍नो तरवार थुते।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झ्यालखानाका प्रमुख निद्राबाट बिउँझे। जब तिनले झ्यालखानाका ढोकाहरू खोलिएका देखे, तब तिनले आफ्नो तरवार म्यानबाट थुतेर आफैँलाई मार्न खोजे। किनकि तिनले सबै बन्दीहरू भागे होलान् भनी ठानेका थिए।
Nepali ERV (पवित्र बाइबल)
जब जेल अधिकारी जागे। उनले जेलका सबै ढोकाहरू खोलिएका देखे। कैदीहरू अघि नै भागी सेकको कुरा उसले सोच्यो। यसकारण तरवार निकालेर जेल अधिकारी आफैलाई मार्न तयार भएको थियो।
Nepali Tamang 2011
थे झ्‍याल्‍खानना हाकिम फातछोर्मा झ्‍याल्‍खानना जम्‍मान म्राप ठोङ्‌बा म्राङ्सी थेसे जम्‍मान कैदीगदे यार्जी भिसी म्‍हन्‍सी ह्राङसे ह्राङदान साइबारी तरवार स्‍याजी।