Acts 16:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले उनलाई सँगै लैजान मन गरे अनि यहूदीहरूलाई केही बाधा नहोस् भनी उनले तिमोथीको शरीरमा यहूदी रीतिअनुसार खतना गरिदिए किनभने त्यो क्षेत्रमा बस्ने सबै यहूदीहरूलाई तिमोथीका बुबा ग्रीक हुन् भन्ने कुरा थाहा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनलाई पावलले साथमा लैजान इच्छा गरे। ती ठाउँहरूमा रहने यहूदीहरूका कारणले गर्दा पावलले तिनलाई लगेर खतना गरे। किनकि तिनका बुबा ग्रीक थिए भन्ने उनीहरू सबैलाई थाहा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावल आफ्नो यात्रामा उनलाई साथै लिएर जान चाहन्थे। त्यसैले तिनले उनको खतना गरे; किनकि त्यस क्षेत्रमा बस्ने सबै यहूदीहरूलाई उनका बुबा ग्रीक हुन् भन्ने थाहा थियो।
Nepali ERV (पवित्र बाइबल)
पावलले आफ्नो यात्रामा तिमोथीलाई साथ लान चाहन्थे। तर त्यस इलाकामा बस्ने यहूदीहरूलाई उनको बाबू यहूदी होइन ग्रीक हुन भनेर थाहा थियो। यसैले पावलले यहूदीहरूलाई खुशी पार्नको लागि तिमोथीलाई खतना गरे।
Nepali Tamang 2011
पावलसे तिमोथीदाएनोन छ्यामनोन भोर्बा सेम लजी। ओच्छे थेरी चिबा यहूदीगदेसे लमा पावलसे थेदा भोर्सी खतना लसी पिन्जी। तिग्दा भिसम थेला आबा ग्रीक हिन्ना भिसी थेनीगदेदा था मुबा।