Acts 16:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पावलले खबर ल्याउने सिपाहीहरूलाई भने, “हामी रोमी नागरिक हुँदाहुँदै पनि तिनीहरूले हाम्रो कुनै दोष फेला नपारीकनै हामीलाई बेसरी पिटे। अझै हामीलाई झ्यालखानमा पनि थुने। अहिलेचाहिँ सुटुक्कै छोड्न चाहन्छन्? हामी जाँदैनौं। ती आज्ञा दिने हाकिमहरूले आफैं आएर हामीलाई निकाल्नुपर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पावलले तिनीहरूलाई भने, “हामी रोमी नागरिकलाई दोषी नै नठहराईकन उनीहरूले मानिसहरूका सामुन्ने पिटे, र झ्यालखानमा पनि हाले, र अब हामीलाई गुप्तमा निकाल्न खोज्छन्? यो हुन सक्दैन। उनीहरू आफै आऊन् र हामीलाई निकालेर लैजाऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पावलले अधिकृतहरूलाई भने: “हामी रोमी नागरिक हुँदा-हुँदै पनि कुनै सुनुवाइविना तिनीहरूले हामीलाई खुल्लमखुल्ला पिटे र झ्यालखानामा ल्याएर थुने। अब के तिनीहरू हामीलाई कसैले थाहा नपाउने गरी गोप्य तरिकाले छोड्न चाहन्छन्? होइन, तिनीहरू आफैँ यहाँ आउनुपर्छ र हामीलाई बाहिर लिएर जानुपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
तर पावलले सिपाहीहरूलाई भने, “तिम्रा हाकीमहरूले हामीले गल्ती गरेको कारण प्रमाण गर्न सकेनन्। तर तिमीहरूले हामीलाई मानिसहरूका अगाडी कुट-पिट गरे अनि जेलमा थुने। हामी रोमी नागरिक हौं, यसैले हाम्रो अधिकार छ। अहिले तिनीहरूले हामीलाई गुप्ती रूपमा पठाउन चाहन्छन्? होइन! तिनीहरू स्वयं आउनु पर्छ अनि हामीलाई बाहिर निकाल्नु पर्छ।”
Nepali Tamang 2011
तर पावलसे थे खबर भसी खबा सिपाहीगदेदा “ङनी रोमी म्हि तना तनान थेनीगदेसे रोमी ठिम अन्छार ङन्दा तिगै ङ्योइबा छार्बा आलना तोसी झ्याल्खानरी झाङ्जी। दान्दे चा ङन्दा सुटुक्क तेःबारी म्हाइबा? ङनी नीनोन आनि। थेह्रङ् भिसी कुल्बा हाकिमगदेन छ्याम खसी ङन्दा तेःतोःला” भिसी भिजी।