Acts 16:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
झ्‍यालखानबाट निस्‍केपछि पावल र सिलास लिडियाको घरमा गए। त्‍यहाँ उनीहरूले प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूसँग भेटघाट गरे र तिनीहरूलाई साहस र ढाडस दिएर त्‍यहाँबाट हिँडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू झ्‍यालखानबाट बाहिर निस्‍केर लिडियाको घरमा गए, र भाइहरूसँग भेटघाट गरेपछि उनीहरूलाई प्रोत्‍साहन दिई बिदा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावल र सिलास झ्यालखानाबाट बाहिर आएपछि तिनीहरू लिडियाको घर गए; र तिनीहरूले विश्‍वासीहरूलाई भेटे। अनि तिनीहरूलाई प्रोत्साहित गरे। त्यसपछि तिनीहरूले बिदा लिए।
Nepali ERV (पवित्र बाइबल)
तीनीहरू जेलबाट निस्के पछि सिधै लिडियाको घरतिर लागे। तिनीहरूले त्यहाँ कतिपय दाज्यु-भाईहरूलाई देखे र तिनीहरूलाई उत्साह दिए। त्यसपछि पावल र सिलास आफ्नो बाटो लागे।
Nepali Tamang 2011
झ्‍याल्‍खानग्‍याम थोन्‍माहेन्‍से पावलदेन सिलास लिडिया भिबा म्रिङम्‍हेमेला दिमरी निजी। थेरी प्रभुदा विश्‍वास लबा ज्‍योज्‍यो आले नाना आङागदेदेन छ्‌याम ह्रुप तसी थेनीगदेदा प्रभुरी कोङ्‌सी चिउ भिसी आँट पिन्‍सी पावलदेन सिलास थेग्‍याम निजी।