Acts 16:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसै रात पावलले सपनामा प्रभुबाट दर्शन पाए। उनले माकेडोनिया इलाकाको एउटा मानिसले उभिएर यसरी बिन्ती गरेको देखे, “दया गरेर माकेडोनिया आइदिनुहोस् र हामीलाई सहायता गर्नुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राती पावललाई एउटा दर्शन भयो— माकेडोनियाको एक जना मानिस खड़ा भई तिनलाई बिन्ती गरिरहेको थियो, “माकेडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रातको समयमा म्यासिडोनियाका एक जना मानिसले उभिएर पावललाई यसरी बिन्ती गरिरहेको तिनले दर्शन देखे, “तपाईं म्यासिडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
त्यस रात पावलले एउटा दर्शन पाए। उनको दर्शनमा एकजना मानिस म्यासिडोनियाबाट उनकोमा आयो। त्यस मानिस त्यहाँ उभियो र विन्ती गर्यो, “म्यासिडोनिया पार गर्नुहोस अनि हामीलाई सहयोग गर्नुहोस्!”
Nepali Tamang 2011
म्हुनङ म्हेर्बा धुइरी पावलसे माकेडोनियाला म्हि गिक राप्सी थेदा “माकेडोनियारी फेप्खउ ओच्छे ङन्दा ह्रो लसी पिन्गो” भिसी बिन्ती लसी चिबा म्राङ्जी।