Acts 17:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँका मानिसहरू थेसलोनिकेका मानिसहरूभन्दा धेरै असल थिए। तिनीहरूले परमेश्वरको प्रचार एकदम मीठो मानेर सुने। पावलले भनेका कुरा मिल्छ कि मिल्दैन भनेर तिनीहरूले दिनहुँ धर्मशास्त्र पढेर जाँच्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहाँका यहूदीहरू थेसलोनिकेकाहरूभन्दा बढ़ी भला थिए किनभने यिनीहरूले पूरा उत्सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्यस्तै हुन् कि होइनन् भनी दिनहुँ धर्मशास्त्र छानबिन गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
थेसलोनिकीका मानिसहरूभन्दा बेरियाका निवासीहरू बढी भद्र थिए। किनकि तिनीहरूले प्रभुको वचनलाई बडो उत्साहकासाथ ग्रहण गरे। अनि पावलले भनेका कुराहरू मिल्छ कि मिल्दैन भनी हरेक दिन पवित्रशास्त्रहरूमा अध्ययन गरी खोज्दथे।
Nepali ERV (पवित्र बाइबल)
यी यहूदीहरू थिस्सलोनिकाका भन्दा असल थिए। तिनीहरूले खुबै चासो लिएर पावल र सिलासले भनेको संन्देश सुनिरहेथे। यहूदीहरूले प्रत्येक दिन धर्मशास्त्र पढने गर्थे। तिनीहरू कुरा सत्य नै हो की भनेर जान्न चाहन्थे।
Nepali Tamang 2011
थे ग्लाला यहूदीगदे थेसलोनिकेला म्हिगदे भन्दा ल्हानान फर्स्यालो मुबा। तिग्दा भिसम थेनीगदेसे परमेश्वरला बचन सेम लसी ङ्यान्मुबा, ओच्छे पावलसे पाङ्मा ढिक्बा चीम कि आढिक्बा चीम भिसी सदन परमेश्वरला बचनरी च्यामुबा।