Acts 17:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
थेसलोनिकेमा भएका यहूदीहरूले बेरियामा पनि पावलले परमेश्वरको प्रचार गर्दै छन् भन्ने कुरा सुने। तिनीहरू बेरियामा आएर उत्पात मच्चाउँदै मानिसहरूलाई पावलको विरोध गर्न सुर्याउन लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब परमेश्वरको वचन पावलद्वारा बेरियामा पनि प्रचार भइरहेको छ भन्ने थेसलोनिकेका यहूदीहरूले थाहा पाए, तब उनीहरू त्यहाँ पनि भीड़हरूलाई उचाल्न र उक्साउन आइपुगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावलले बेरियामा पनि परमेश्वरको वचनको प्रचार गरिरहेको भन्ने कुरा जब थेसलोनिकीका यहूदीहरूले थाहा पाए, तब तिनीहरू त्यहाँ पनि गए, र भीडलाई उक्साए।
Nepali ERV (पवित्र बाइबल)
तर जब यहूदीहरूले बिरियामा पनि पावल र सिलासले परमेश्वरको वचनको विषयमा प्रचार गरिरहेको थिस्सलोनियामा थाहा पाए, तिनीहरू बिरियामा पनि आए। अनि तिनीहरूले आएर बिरियाका मानिसहरूलाई भडकाए अनि आन्दोलित पार्न शुरू गरे।
Nepali Tamang 2011
तर परमेश्वरग्यामला बचन बेरिया भिबा ग्लारीनोन पावलसे थेःना लबान मुला भिबा थेसलोनिकेला यहूदीगदेसे था याङ्माहेन्से थेनीगदे थेरीनोन हुल दङगा लबारी म्हिगदेदा सुर्याब लबारी खजी।