Acts 17:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावललाई पुर्‍याउन जाने दाजुभाइहरूले उनलाई एथेन्‍स सहरसम्‍म पुर्‍याइदिए। त्‍यहाँ पुगेर पावलले आफूलाई पुर्‍याउने दाजुभाइहरूलाई सिलास र तिमोथी जति सक्‍दो चाँडो आऊन् भनेर खबर पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पावललाई पुर्‍याउन जानेहरूले तिनलाई एथेन्‍ससम्‍म ल्‍याए। सिलास र तिमोथीचाहिँ जति सक्‍दो चाँड़ै तिनीकहाँ आउनुपर्छ भन्‍ने आज्ञा पाएर तिनीहरू फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावललाई लिएर जानेहरूले तिनलाई एथेन्ससम्म पुर्‍याए। त्यसपछि सिलास र तिमोथी सकेसम्म आफूकहाँ छिटो आऊन् भन्‍ने पावलको आज्ञा लिएर तिनीहरू फर्के।
Nepali ERV (पवित्र बाइबल)
विश्वासीहरू जो पावलसंग गए तिनीहरूले पावललाई एथेन्स् सम्म पुरयाए। तब तिनीहरू तिमोथी र सिलासलाई पावलको खबर लिएर गए। खबरमा थियोः “जतिसक्दो चाँडो मकहाँ आइहाल।”
Nepali Tamang 2011
पावलदा सबारी निबागदेसे पावलदा एथेन्‍स भिबा ग्‍लाधोना सनिजी। थेरी धोमाहेन्‍से पावलसे सिलासदेन तिमोथीदा खम्‍तेधोना योना खउ भिउ भिसी पाङ्‍गो भिसी कुल्‍जी। जमाहेन्‍से थेदा सबागदे थेग्‍याम बेरियारी दोःसी निजी।