Acts 17:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही इपिक्युरी र स्तोइकी भन्ने दर्शनका केही पण्डितहरूले पनि पावलसँग तर्कवितर्क गर्न थाले। तिनीहरूमध्ये कतिले भने, “यो फत्फते के भन्छ?” कतिले चाहिँ, “यसले त नौलो देवताहरूको प्रचार गर्दै रहेछ!” भने। पावलले येशूको बारेमा र उहाँ मरेकोबाट बिउँतनुभएको सन्देश प्रचार गरेका हुनाले तिनीहरूले यसो भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इपिक्युरी र स्तोइकी दार्शनिकहरूमध्ये पनि कतिले तिनीसँग वाद-विवाद गरे। उनीहरू कतिले भने, “यो बकबके के भन्छ?” अरूहरूले भने, “अरू कुनै विदेशी देवी-देवताहरूको प्रचार गर्नेजस्तो देखिन्छ।” किनकि तिनले येशू र मृतकबाट जीवित हुने कुराको प्रचार गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इपिक्युरी र स्तोइकी दार्शनिकहरूका समूहले तिनीसँग वाद-विवाद गर्न थाले। तीमध्ये केहीले सोधे, “यस बकबकेले के भन्न खोज्दैछ?” अरू केहीले यसो भने, “यो मानिस अन्य कुनै परदेशी देवताको प्रचारकजस्तो देखिन्छ।” किनकि पावलले येशूको सुसमाचार र पुनरुत्थानको शिक्षा दिएकाले तिनीहरूले यसो भनेका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ कतिपय इपिक्युरीया र स्तोइक दार्शानकहरूसंग निक्कै विचार-विर्मष भयो। तिनीहरू मध्ये कतिले भने, “यो कथा वाचकले के भन्न खोजिरहेको छ?” जब पावलले येशू अनि उहाँको मृत्युबाट बौरी उठेको वर्णन गरिरहेथे। केही अरूले भने, “उसले अन्य कोही देवताहरूका विषयमा कुरा गरेको जस्तो लाग्छ।”
Nepali Tamang 2011
इपिक्युरीदेन स्तोइ भिबा धर्म तेन्बा म्हिगदेसेनोन थेदेन छ्याम ङ्योइबा छार्बा लजी। ओच्छे थेनीगदे न्हङला कोइ कोइसे “चु फतफतेसे तिग पाङ्बारी म्हाइबा हिन्ना?” भिसी भिमा, स्य्हान्दोगदेसे “चुसे अर्गु य्हुल्साला ल लुला बारेरी पाङ्बा ह्रङ्बा मुला” भिसी भिजी। तिग्दा भिसम थेसे येशूदेन छ्याम सिबागदे दोःसी सोला भिबा तामला बारेरी पाङ्बान मुबा।