Acts 17:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने एथेन्सका मानिसहरू र त्यहाँ बस्ने विदेशीहरूले नौला-नौला कुराहरू मात्र गरेर दिनहरू बिताउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै एथेन्सबासीहरू र त्यहाँ बस्ने विदेशीहरू नौलो-नौलो कुरा भन्न वा सुन्नबाहेक आफ्नो समय अरू कुनै कुरामा बिताउँदैनथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ बस्ने सबै एथेनीहरू र परदेशीहरू केही काम गर्दैनथे तर नयाँ कुराहरू सुन्ने र त्यस बारेमा कुराकानी गरेर आफ्नो समय बिताउँथे।
Nepali ERV (पवित्र बाइबल)
एथेन्सका सम्पूर्ण मानिसहरू र अन्य देशहरूबाट आएका मानिसहरू जो एथेन्समा थिए तिनीहरू अत्यन्तै नयाँ विचारको विषयमा कुरा गरेर र सुनेर आफ्नो सबै समय बिताइरहन्थे।
Nepali Tamang 2011
दान्दे एथेन्सला जम्मान म्हिगदेदेन थे ग्लारी चिबा अर्गु य्हुल्साला म्हिगदे छार छार ताम पाङ्बादेन ङ्यान्सीन धिन निना लमुबा।