Acts 17:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस सहरमा घुम्दा मैले हजुरहरूको पूजा गर्ने ठाउँहरू पनि हेरें। एक ठाउँको बलि चढाउने वेदीमा ‘नचिनेको ईश्वरलाई’ भनी लेखिएको रहेछ। तपाईंहरूले नचिनीकनै पूजा गर्नुभएको उही परमेश्वरलाई म अहिले प्रचार गर्दै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि घुमफिर गर्दैजाँदा तपाईंहरूले पुज्ने वस्तुहरू मैले देखे। मैले एउटा यस्तो वेदी पनि भेट्टाएँ जसमा “अज्ञात देवताको निम्ति” भन्ने खोपिएको रहेछ। यसैले जसलाई तपाईंहरू नजानिकन पुज्नुहुन्छ उनलाई म तपाईंहरूका माझमा घोषणा गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जब म यस सहरतिर घुम्दै जाँदा तपाईंहरूले पूजा गर्ने वस्तुहरूलाई हेरेँ, त्यहाँ एउटा वेदीमा मैले यस्तो लेखिएको भेट्टाएँ: अज्ञात देवताका निम्ति। तपाईंहरूले अनजानमै जसको पूजा गरिरहनुभएको छ, म उहाँकै बारेमा तपाईंहरूलाई प्रचार गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
म तपाईंहरूको नगर भित्र गएँ अनि तपाईंहरूले पुज्ने कुराहरू पनि देखें। मैले त्यहाँ एउटा वेदी पनि पाए जहाँ लेखिएको रहेछः ‘अनजान देवतालाई।’ तपाईं त्यस देवतालाई पूज्नु हुँदो रहेछ जसलाई जान्नुहुन्न। म उही परमेश्वरको विषयमा भनिरहेछु!
Nepali Tamang 2011
तिग्दा भिसम ङा कोर्बान निमा ह्राङनीसे तेन्बा लथानगदे म्राङ्जी। ओच्छे ग्ला गिकला भेटी फुल्बा ग्लारी चा ‘ङोआसेबा लला लागिरी’ भिसी ठ्वाइसी भ्रिसी थान्बाएनोन स्याप्जी। थेतबासेलमा ङाइ ह्राङनीसे ङोआसेनान तेन्बा परमेश्वरला बारेरी ह्राङनीदा पाङ्ला।