Acts 17:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँलाई मानिसहरूले चढाएको कुनै चीजको खाँचो पर्दैन। बरु उहाँले मानिसहरूलाई जीवन, प्राण र चाहिने सबै थोक दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँलाई कुनै थोकको खाँचो परेजस्‍तो गरी मान्‍छेको हातबाट उहाँको सेवा हुनुपर्छ भनी नसोच्‍नुहोस्‌। किनभने उहाँले नै सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि उहाँलाई कुनै कुराको खाँचो पर्‍यो भने मानिसका हातबाट त्यसको सेवा लिनुहुन्‍न; किनकि उहाँ आफैँले सबै मानिसहरूलाई जीवन, सास र अरू सबै कुरा दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
उहाँ नै जीवन, प्राण र प्रत्येक चीज मानिसहरूलाई दिनुहुन्छ। उहाँलाई मानिसहरूको कुनै सहयोगको खाँचो छैन। उहाँलाई चाहेका सबै कुराहरू उहाँसंग छन्।
Nepali Tamang 2011
ओच्‍छे म्‍हिला याग्‍याम फुल्‍बा स्‍हेगदे परमेश्‍वरदा तोःला भिसी थाम्‍हन्‍गो। तिग्‍दा भिसम परमेश्‍वर ह्राङसेन जम्‍मान म्‍हिगदेदा जुनी, सादेन तोःबा जम्‍मान स्‍हेगदे पिन्‍बा मुला।