Acts 17:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
संसारभरि नै मानिसहरू बसून् भनेर उहाँले एउटै मानिसबाट सबै जातिहरूलाई सृष्टि गर्नुभयो र तिनीहरूलाई संसारैभरि बस्न दिनुभयो। तिनीहरूले जिउनुपर्ने समय र बस्नुपर्ने ठाउँ उहाँले अघिबाट नै तोकिदिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले एक जनाबाट समस्त पृथ्वीमा वास गर्न मानिसको प्रत्येक जाति बनाउनुभयो। तिनीहरूका निवासका अवधि र सीमा पनि तोकिदिनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँले एक जना मानिसबाट पृथ्वीभरि बसोबास गराउनलाई सबै जातिका मानिसहरूलाई बनाउनुभयो; अनि तिनीहरूले बस्नुपर्ने ठाउँहरू र समयको सीमा पनि तोकिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले प्राम्भमा एकजना पुरुष बनाउनु भयो अनि त्यही मानिसबाट विभिन्न मानव जाति बनाउनु भयो। परमेश्वरले तिनीहरूलाई संसारको प्रत्येक ठाउँमा पनि बस्न दिनुभयो। परमेश्वरले तिनीहरूलाई कति समय सम्म र कुन अञ्चलमा बस्ने पक्का गरिदिनु भयो।
Nepali Tamang 2011
परमेश्वरसे म्हि गिकग्याम जम्बुलिङ नाङनोन चिबारी य्हुल य्हुलला म्हिगदे स्होजी। ओच्छे थेनीगदे सोबा धुइदेन चिबा ग्लाएनोन तोगब लसी पिन्जी।