Acts 17:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी परमेश्‍वरका सन्‍तान भएपछि हामीले परमेश्‍वरलाई मानिसको बुद्धि र कलाबाट बनिएका ढुङ्गा, चाँदी र सुनको मूर्तिजस्‍तो सम्‍झनुहुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब हामी परमेश्‍वरका सन्‍तान भएका हुनाले, परमेश्‍वर सुन, चाँदी वा पत्‍थरजस्‍तै हो भनी हामीले ठान्‍नुहुँदैन— यिनीहरूचाहिँ मान्‍छेका कला र कल्‍पनाका प्रतिरूप मात्र हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसैले हामी परमेश्‍वरका सन्तान भएको कारण ईश्‍वर भनेको सुन वा चाँदी वा ढुङ्गाझैँ, मानिसको दक्षता र योजनाद्वारा निर्माण गरिएको एउटा मूर्तिजस्तो हुनुहुन्छ भनी हामीले सोच्नुहुँदैन।
Nepali ERV (पवित्र बाइबल)
हामी परमेश्वरका बालकहरू हौं। यसैले, हामीले यस्तो सोच्नु पर्दैन कि परमेश्वर सुन, चाँदी अथवा ढुङ्गाका मूर्ति जस्ता हुनुहुन्छ। उहाँ मानव कल्पनाले बनिएका कुनै कला जस्तो हुनुहुन्न।
Nepali Tamang 2011
य्‍हाङ परमेश्‍वरला सन्‍तान तबासे लमा परमेश्‍वर म्‍हर, म्‍हुइदेन युङबागदेला ल ह्रङ्‌बा हिन्‍ना भिसी य्‍हाङसे म्‍हन्‍बारी आत। चुगदे चा म्‍हिला सेमसे म्‍हन्‍सी म्‍हिला सीपसे स्‍होबा स्‍हे जे हिन्‍ना।