Acts 17:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही मानिसहरू उनीसँग लागेर प्रभुमाथि विश्‍वास गरे। तिनीहरूमध्‍ये अरियोपागस सभाका डियनुसियस भन्‍ने सदस्‍य र दामारिस भन्‍ने स्‍त्री थिए। यीबाहेक अरू केहीले पनि प्रभुमा विश्‍वास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कोही मानिसहरू तिनका साथ लागे, अनि विश्‍वास गरे। तिनीहरूमध्‍ये अरियोपागसका डियनुसियस, दामारिस नाउँ भएकी एउटी स्‍त्री, र अरूहरू पनि थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर कतिपय मानिसहरू पावलसँग मिले, र विश्‍वास गरे। तिनीहरूमध्ये डियनुसियस, अरियोपागसका सदस्य थिए। साथै दामारिस नामकी एउटी स्त्री र अरूहरूले पनि विश्‍वास गरे।
Nepali ERV (पवित्र बाइबल)
तर कतिपय मानिसहरूले पावलसंग सम्मिलित भए अनि विश्वासी बने। ती विश्वास गर्नेहरूमा एकजाना डियनुसियस थिए। उनी अरियोपेग्स महासभाका एक सदस्य थिए। अर्को विश्वास गर्ने मानिस एक डामारिस नाउँ भएकी स्त्री थिई र केही अरूहरूले पनि विश्वास गरे।
Nepali Tamang 2011
तर कोइ कोइ म्‍हिगदे थेदेन छ्‌याम भ्रसी प्रभुदा विश्‍वास लजी। थेनीगदे न्‍हङला अरियोपागस भिबा सभाला डियनुसियस भिबा म्‍हिदेन दामारिस भिबा म्रिङम्‍हेमे गिक मुबा ओच्‍छे स्‍य्‍हान्‍दोगदेसेनोन प्रभुदा विश्‍वास लजी।