Acts 17:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अरू यहूदीहरूले चाहिँ उनीहरूको डाह गरे अनि गल्‍लीका गुण्‍डाहरूलाई भेला गरेर सहरमा उपद्रव गर्न लगाए। तिनीहरूले पावल र सिलासलाई भीडको अगाडि ल्‍याएर उभ्‍याउन यासोनको घरतिर दगुरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर डाहले भरिएर यहूदीहरूले बजारका बदमाशहरूलाई जम्‍मा गरी हूल उठाएर सहरमा खैलाबैला मच्‍चाउन लाए, अनि यासोनको घरमा हमला गरेर पावल र सिलासलाई जनताको सामुन्‍ने ल्‍याउन खोजे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर विश्‍वास नगर्ने यहूदीहरूले चाहिँ ईर्ष्या गर्न थाले; त्यसकारण बजारका केही बदमास मानिसहरूको भीड जम्मा पारेर तिनीहरूले सहरमा हुलदङ्गा मच्‍चाउन थाले। त्यसपछि यासोनको घरको सामु तिनीहरूले पावल र सिलासलाई भीडका सामु ल्याउन खोजे।
Nepali ERV (पवित्र बाइबल)
तर यहूदीहरूले विश्वास गरेनन् डाह गरे। तिनीहरूले केही दुष्ट मानिसहरू जो बजारमा घुमिहिडथे भाडामा ल्याए। ती दुष्ट मानिसहरूले त्यहाँ थुप्रेर शहरमा खैलाबैला मच्चाउन थाले तिनीहरू पावल र सिलासलाई जनसमक्ष ल्याउन चाहन्थे।
Nepali Tamang 2011
तर यहूदीगदेसे डाह लसी गे आलना न्‍होङ्‌सी भ्रबा म्‍हिगदेदा थीसी शहररी हुल दङगा लपुङ्‌जी, ओच्‍छे यासोन भिबा म्‍हिला म्राप झ्‍याल छ्‌याकछिक लसी पावलदेन सिलासदा म्‍हिगदेला ङाच्‍छापट्टि भबारी छ्‌याइजी।