Acts 17:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले पावल र सिलासलाई त्‍यहाँ भेट्टाएनन्। त्‍यसो हुँदा तिनीहरूले यासोन र प्रभुमा विश्‍वास गर्ने अरू दाजुभाइहरूलाई नै लछारपछार पार्दै लगे। उनीहरूलाई सहरका हाकिमहरूकहाँ पुर्‍याएर कराउँदै भने, “संसारभरि उत्‍पात मच्‍चाउने मानिसहरू अहिले हाम्रो सहरमा पनि आइपुगेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई फेला पार्न नसक्‍दा, उनीहरूले यासोन र कुनै-कुनै भाइहरूलाई सहरका शासकहरूकहाँ यसो भनेर कराउँदै घिस्‍स्‍याएर ल्‍याए, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब त्यहाँ तिनीहरूलाई पाएनन्, तब तिनीहरूले यासोन र अरू केही विश्‍वासीहरूलाई सहरका अधिकृतहरूका सामु घिस्याउँदै ल्याए, र यसो भनेर कराउन थाले: “संसारभरि समस्या खडा गर्ने यी मानिसहरू यहाँ आएका छन्।
Nepali ERV (पवित्र बाइबल)
तर ती मानिसहरूले पावल र सिलासलाई भेटेनन्। यसैले जेसन र अन्य विश्वासीहरूलाई तान्दै घचेट्दै नगरका अधिकारीहरू समक्ष ल्याए। तिनीहरू कराए, “यी मानिसहरूले संसारको प्रत्येक ठाँउमा नै समस्या खडा गरेका छन्। अहिले यिनीहरू यहाँसम्म पनि आईपुगे!
Nepali Tamang 2011
थेनीगदेसे पावलदेन सिलासदा आस्‍याप्‍माहेन्‍से यासोनदेन स्‍य्‍हान्‍दो कोइ कोइ ज्‍योज्‍यो आलेगदेदा शहररी मुबा शासन लबा म्‍हिगदे मुबा ग्‍लारी डुइबा छेङ्‌बा लसी चुह्रङ् भिसी क्रिङ्‌बान भिजी, “जम्‍बुलिङ नाङनोन हल्‍ली खल्‍ली तना लबा चु म्‍हिगदे चुरीनोन धोखजीम।