Acts 18:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावल बोल्नैआँटेका थिए। तब गलियोनले यहूदीहरूलाई भने, “यहूदीहरू हो, यदि यो कुनै नराम्रो काम अथवा ठूलो अपराधको कुरा भएको भए मैले तिमीहरूको उजुर सुनेर न्याय गर्नु ठीक थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पावल बोल्नै लागेका थिए, तब गलियोनले ती यहूदीहरूलाई भने, “यहूदी हो, यदि साँच्ची नै यो केही अन्याय वा दुष्ट अपराधको कुरो हुँदो हो त मैले तिमीहरूको कुरा सुन्न उचित हुनेथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पावल बोल्नै लागेका थिए, गलियोनले तिनीहरूलाई भने, “यदि तिमी यहूदीहरू कुनै किसिमको गम्भीर अपराध वा दुर्व्यवहारका बारेमा असन्तोष प्रकट गर्दैछौ भने तिमीहरूका कुरा सुन्न मलाई न्यायोचित हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
पावलले केही भन्न लागेका थिए तर गल्लियोले यहूदीहरूलाई भने, “यदि यी कुराहरू गल्ती अथवा अपराधपूर्ण कामका भए म तिमीहरूका कुरा सुन्ने थिएँ।
Nepali Tamang 2011
पावलसे ताम पाङ्बारी छ्याइमा गलियोनसे थे यहूदीगदेदा चुह्रङ् भिसी भिजी, “यहूदीगदे, चुदे चु ताम अन्यायदेन आज्यबा गेला बारेरी हिन्सम ङाइ एनीगदेला ताम ङ्यान्नोन तोःबा मुबा।