Acts 18:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एफिसस सहरमा आइपुगेपछि प्रिस्‍किला र अकिलास एफिससमै बस्‍ने भए। पावलचाहिँ एफिससको सभाघरमा पसेर यहूदीहरूसँग वाद-विवाद गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू एफिससमा आइपुगे, अनि पावलले तिनीहरूलाई त्‍यहीँ छोड़े, र आफूचाहिँ एउटा सभाघरमा पसेर यहूदीहरूसित बहस गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू एफिसस आइपुगेपछि पावलले प्रिस्किला र अक्विलालाई त्यहीँ छोडे। उनीचाहिँ त्यहाँको एउटा सभाघरमा गए र यहूदीहरूसँग तर्क गर्न लागे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनीहरू एफिसस्‌मा गए। त्यहाँ तिनले प्रिस्किला र अक्वीलालाई छाडी राखे। तिनी एफिसस्‌मा हुँदा सभाघरमा गए अनि यहूदीहरूसंग बात गरे।
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदे एफिसस भिबा ग्‍लारी धोखजी, ओच्‍छे पावलसे प्रिस्‍किलादेन अकिलासदा थेरीन ख्‍लाजी। तर ह्राङ चा यहूदीगदे ह्रुप तबा दिम गिकरी वाङ्सी यहूदीगदेदेन छ्‌याम छलफल लबारी छ्‌याइजी।