Acts 18:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ उनले अकिलास नाउँ गरेका एक जना यहूदीलाई भेटे। अकिलासचाहिँ पोन्‍टस इलाकामा जन्‍मिएका थिए र आफ्‍नी जहान प्रिस्‍किलासँग भर्खरै इटालिया देशबाट आएका थिए किनभने रोमी सम्राट क्‍लौडियसले सबै यहूदीहरूलाई रोम सहरबाट निस्‍कने हुकुम दिएका थिए। पावल तिनीहरूलाई भेट्‍न गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले पोन्‍टस-निवासी अकिलास नाउँ भएका एक जना यहूदीलाई भेटे। तिनी आफ्‍नी पत्‍नी प्रिस्‍किलासँग इटालियाबाट आएका थिए, किनकि सम्राट्‌ क्‍लौडियसले सबै यहूदीहरूलाई रोमबाट निस्‍किजाने आज्ञा दिएका थिए। पावल उनीहरूलाई भेट्‌न गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ उनले पोन्टसका निवासी अक्विला नाम गरेका एक जना यहूदीलाई भेटे। तिनी आफ्नी पत्नी प्रिस्किलासँग इटालीयाबाट हालसालै त्यहाँ आएका थिए। किनकि क्लौडियसले सबै यहूदीहरूलाई रोमबाट निस्केर जानू भनी हुकुम गरेका थिए। पावल तिनलाई भेट्न गए।
Nepali ERV (पवित्र बाइबल)
तिनले त्यहाँ अक्वीला नाउँ भएको एकजना यहूदी भेटे। अक्वीला पोन्टस भन्ने प्रदेशमा जन्मिएका थिए। तर उनी र उनकी पत्नी प्रिस्किला भर्खरै इटालीबाट कोरिन्थ आइपुगेका थिए किनभने क्लौडियसले सबै रोम छोडनु पर्छ भन्ने आदेश गरेका थिए। पावल तिनीहरूलाई भेट्न गए।
Nepali Tamang 2011
थेरी पावलसे पोन्‍टस भिबा ग्‍लाला अकिलास भिबा यहूदी म्‍हि गिकदा स्‍याप्‍जी। थे म्‍हि तिगै धिन ङाच्‍छा जे ह्राङला म्रिङ प्रिस्‍किलादेन छ्‌याम इटालिया भिबा ग्‍लाग्‍याम खबा मुबा। तिग्‍दा भिसम क्‍लौडियस भिबा ग्‍याल्‍बोसे जम्‍मान यहूदीगदेदा रोमग्‍याम थोन्‍सी निउ भिसी कुल्‍बा मुबा। पावल थेनीगदेदा स्‍याप्‍बारी निजी।