Acts 18:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले मुक्ति दिनुहुने प्रभु येशूको बारेमा शिक्षा पाएका थिए र आत्‍मामा जोशिलो भएर येशूको बारेमा ठीकसँग सिकाउँथे। तैपनि उनलाई यूहन्‍नाले दिएको बप्‍तिस्‍मा मात्र थाहा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले प्रभुका मार्गको शिक्षा पाएका थिए, र आत्‍मामा उत्‍साहित भई तिनले येशूका विषयका कुराहरू ठीक-ठीकसँग बोल्‍ने र सिकाउने गर्थे। यद्यपि तिनले यूहन्‍नाको बप्‍तिस्‍मा मात्र जानेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी प्रभुको मार्गमा शिक्षा पाएका थिए। तिनी आत्मामा बडो उत्साहकासाथ बोल्थे। अनि येशूका बारेमा सही शिक्षा दिन्थे; तर तिनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्रै थाहा थियो।
Nepali ERV (पवित्र बाइबल)
उनले प्रभुको मार्गको विषयमा राम्ररी सिकेका थिए अनि पुरा उत्साहित थिए। येशूका विषयमा उनले जे जति कुरा गरे सबै सही थियो। तर उनले यूहन्नाले बातएको बप्तिस्माको विषयमा मात्र जान्दथे।
Nepali Tamang 2011
थेसे थार्बा पिन्‍बा प्रभु येशूला बारेरी थेःबा मुबा, थेतबासेलमा सेमहेन्‍सेन ताङ्सी प्रभु येशूला बारेरी ज्‍यना लसी लोप्‍मुबा। तसैनोन थेदा यूहन्‍नासे पिन्‍बा बप्‍तिस्‍माला बारेरी जे था मुबा।