Acts 18:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले यहूदीहरूको सभाघरमा निर्धक्‍कसँग शिक्षा दिन थाले। उनको शिक्षा सुनेपछि प्रिस्‍किला र अकिलासले उनलाई आफ्‍नो घरमा लगे र उनीहरूले परमेश्‍वरको मुक्तिको उपायलाई राम्ररी बयान गरेर उनलाई बुझाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी सभाघरमा साहसपूर्वक बोल्‍न थाले। तर तिनले बोलेका कुरा सुनेर प्रिस्‍किला र अकिलासले तिनलाई आफ्‍नो घरमा ल्‍याए, र परमेश्‍वरका मार्गको अर्थ झन्‌ प्रष्‍टसँग बुझाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी बडो साहससाथ सभाघरहरूमा बोल्न थाले। जब प्रिस्किला र अक्विलाले तिनका कुरा सुने, तब तिनलाई उनीहरूले आफ्ना घरमा निमन्त्रणा गरे। अनि परमेश्‍वरको मार्गका बारेमा अझ प्रष्‍टसँग तिनलाई सम्झाइदिए।
Nepali ERV (पवित्र बाइबल)
उनी सभाघरमा निर्धक्क बोल्न थाले। प्रिस्किला र अक्वीलाले उनले भनेको सुने। तिनीहरूले उनलाई आफ्नो घरमा लगे अनि परमश्वरको बाटोको विषयमा उनलाई अझ स्पष्ट पारेर बुझाई दिए।
Nepali Tamang 2011
थे ढुक्‍क तसी यहूदीगदे ह्रुप तबा दिमरी पाङ्‌बारी छ्‌याइजी। थेसे पाङ्‌मा प्रिस्‍किलादेन अकिलाससे थेःमाहेन्‍से थेनीगदेसे थेदा ह्राङला दिमरी भोर्जी। ओच्‍छे थेदा परमेश्‍वरला गेला बारेरी ज्‍यना लसी घोना लसी पिन्‍जी।