Acts 18:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि अपोल्‍लोसले अखैया इलाकामा जाने विचार गरे। एफिससमा भएका प्रभुका चेलाहरूले उनलाई जाने उत्‍साह दिए अनि अपोल्‍लोसको स्‍वागत गर्नू भनी त्‍यहाँ बस्‍ने चेलाहरूलाई एउटा पत्र पनि लेखिदिए। अखैयामा पुगेपछि अपोल्‍लोसले त्‍यहाँ प्रभुको अनुग्रहले गर्दा विश्‍वासमा आएकाहरूलाई धेरै सहायता गरे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले अखैयामा जाने मन गर्दा भाइहरूले तिनलाई त्‍यहाँ जाने प्रोत्‍साहन दिए, र तिनलाई ग्रहण गरून्‌ भनी त्‍यहाँका चेलाहरूलाई उत्‍साह दिएर पत्र लेखे। तिनले त्‍यहाँ पुगेर अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई धेरै सहायता गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब अपोल्‍लोसले अखैया जाने इच्छा गरे, तब दाजुभाइ-दिदीबहिनीहरूले तिनलाई उत्साह दिएर त्यहाँका चेलाहरूले तिनलाई स्वागत गरून् भनी पत्र लेखे। तिनी त्यहाँ पुगेर अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई धेरै सहायता गरे।
Nepali ERV (पवित्र बाइबल)
अपोल्लस अखैया देशमा जान इच्छुक थिए। यसैले एफिससका दाज्युभाइहरूले उनलाई सहयोग गरे। अखैयामा भएका येशूका चेलाहरूलाई तिनीहरूले त्यहाँ अपोल्लासलाई ग्रहण गर्नु भनि चिट्ठी लेखे. अखैयामा प्रभुको अनुग्रहले गर्दा येशू प्रति यी चेलाहरूको विश्वास थियो अनि अपोल्लस तिनीहरूको ठूलो सहायक बने।
Nepali Tamang 2011
जमाहेन्‍से अपोल्‍लोस अखैया भिबा ग्‍लारी निबा सेम लजी। थेतबासेलमा एफिससरी मुबा चेलागदेसे थेदा निबारी आँट पिन्‍सी, अपोल्‍लोसदा मान लगै भिसी चिठी गिक भ्रिसी पुइजी। अखैयारी धोमाहेन्‍से प्रभुला दयामायाग्‍याम विश्‍वास लबा म्‍हिगदेदा थेसे ल्‍हानान ह्रो लजी।