Acts 18:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने त्‍यहाँ भएका यहूदीहरूसँग मानिसको अगाडि तर्कवितर्क गर्दा उनले धर्मशास्‍त्रका कुराहरू लिएर प्रभु येशू नै मुक्ति दिनुहुने राजा ख्रीष्‍ट हुनुहुन्‍छ भनी प्रमाण दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिनले धर्मशास्‍त्रका वचनद्वारा येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा देखाईकन यहूदीहरूलाई सबैका सामुन्‍ने बिलकुल निरुत्तर तुल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनले यहूदीहरूलाई खण्डन गर्दै पवित्रशास्त्रको आधारमा येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी प्रमाण दिए।
Nepali ERV (पवित्र बाइबल)
उनले सबै मानिसहरूका समक्ष यहूदीहरूको विरोधमा वहस गरे। अपोल्लासले प्रत्यक्ष यहूदीहरू गल्ती भएको प्रमाण गरे। उनले धर्मशास्त्रको आधारमा येशू नै ख्रीष्ट हुन भन्ने प्रमाण दिए
Nepali Tamang 2011
तिग्‍दा भिसम थेसे परमेश्‍वरला बचनग्‍याम येशून थार्बा पिन्‍बा ख्रीष्‍ट हिन्‍ना भिसी म्‍हिगदेला ओन्‍छाङरी यहूदीगदेदा तिगै पाङ्‌आखम्‍बा तना लजी।