Acts 18:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले पावलको विरोध गरेर उनलाई गाली गरे। पावलले तिनीहरूलाई चेतावनी होस् भनेर आफ्नो लुगाबाट धुलो टक्टकाउँदै भने, “नाश भयौ भने तिमीहरू आफ्नै दोषको कारणले गर्दा नाश हुनेछौ। मलाई चाहिँ दोष लाग्नेछैन। अबदेखि म मानिसहरूकहाँ जान्छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब उनीहरूले विरोध गरेर तिनको निन्दा गर्न लागे, तब तिनले आफ्नो लुगा टकटक्याएर उनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूकै थाप्लोमा परोस्, म निर्दोष छु। अब उप्रान्त म अन्यजातिहरूकहाँ जानेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब यहूदीहरूले पावलको विरोध गर्दै तिनको अपमान गरे, तब त्यसको प्रतिवादमा तिनले आफ्नो लुगा टक्टक्याउँदै तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूमाथि नै परोस्! मचाहिँ यसमा निर्दोष छु। अबदेखि म गैरयहूदीहरूकहाँ जानेछु।”
Nepali ERV (पवित्र बाइबल)
तर यहूदीहरूले पावलको शिक्षाहरू ग्रहण गरेनन्। यहूदीहरले एगदमै निन्दनीय वचनहरू लगाए। यसकारण पावलले आफ्नो लुगाहरूबाट धुला झारे। उनले यहूदीहरूलाई भने, “यदी तिमीहरू मुक्ति चाँहदैनौ भने, त्यो तिमीहरूकै गल्ती हुनेछ! मैले आफूले सक्दो गरें। अब म गैर-यहूदीहरूकहाँ जानेछू।”
Nepali Tamang 2011
तर यहूदीगदेसे पावलला बिरोध लबान तामगन लबारी छ्याइजी, जमाहेन्से पावलसे ह्राङला क्वान खर्सी, “एनीगदे ह्राङलान दोषसे लमा नाश तजी भिसम चुला दोष ङादा लगब आत। दाहेन्से, ङा अर्गु य्हुलला म्हिगदे मुबा ग्लारी निला” भिसी भिजी।