Acts 19:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहाँसम्‍म कि मानिसहरूले पावलको शरीरमा रूमाल वा मजेत्रो छुवाएर बिरामीहरूकहाँ लैजान्‍थे। यसरी ती बिरामीहरू निको हुन्‍थे र भूत लागेकाहरूबाट भूतहरू निस्‍कन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहाँसम्‍म कि रूमाल अथवा पछ्यौरा तिनको शरीरमा छुवाएर बिरामीहरूकहाँ लगिन्‍थे, र तिनीहरूका शरीरबाट रोग जान्‍थे र दुष्‍टात्‍मा पनि निस्‍कन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहाँसम्म कि उनले छोएका रुमाल वा कपडा बिरामीहरूलाई लगेर छुवाउँदा समेत तिनीहरू निको हुन्थे, र दुष्‍ट आत्माहरू तिनीहरूबाट निस्कन्थे।
Nepali ERV (पवित्र बाइबल)
पावलले चलाएका रूमालहरू र लुगाहरू लगरे तिनीहरूले विमारीहरूमाथि राखे। जब तिनीहरूले यसो गरे तिनीहरू निको हुन्थे अनि दुष्ट आत्माहरू तिनीहरूबाट बाहिर निस्कन्थे।
Nepali Tamang 2011
पावलला ल्‍हुइरी रूमाल तसै घ तसै थुर्सी आखम्‍बा म्‍हिगदे मुबा ग्‍लारी भोर्सी थेनीगदेला ल्‍हुइरी थुर्माहेन्‍से आखम्‍बा म्‍हिगदे खम्‍मुबा ओच्‍छे थेनीगदेला ल्‍हुइग्‍याम म्‍हङ थोन्‍सी यार्मुबा।