Acts 19:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो भनेर त्‍यो दुष्‍ट आत्‍मा लागेको मानिस तिनीहरूमाथि झम्‍टेर जित्‍यो र तिनीहरू नाङ्गै-भुतुँगै भई शरीरभरि चोटै-चोट लिएर त्‍यहाँबाट भागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो भूतात्‍मा भएको मानिस तिनीहरूमाथि उफ्रँदै आयो, र तिनीहरू सबैलाई वशमा पारेर तिनीहरूलाई पछार्‍यो र तिनीहरू त्‍यस घरबाट नाङ्गो र घाइते भएर भागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि दुष्‍ट आत्माले ग्रसित त्यो मानिस तिनीहरूमाथि उफ्रियो, र तिनीहरूलाई वशमा पार्‍यो। अनि त्यसले तिनीहरूमाथि यतिसम्म झम्ट्यो कि तिनीहरू त्यस घरबाट नाङ्गै र घाइते भएर भागे।
Nepali ERV (पवित्र बाइबल)
तब त्यस मानिस जसमा दुष्ट आत्मा चढेको थियो त्यो उफ्रिएर ती यहूदीलाई झम्टियो। उ सबै भन्दा वलियो थियो। उसले तिनीहरूलाई कुट्यो र तिनीहरूको लुगाहरु च्यातिदियो। ती यहूदीहरू त्यस घरबाट नाङ्गै र घाइते अवस्थामा भागे।
Nepali Tamang 2011
जमाहेन्‍से थे म्‍हङसे स्‍याप्‍बा म्‍हि छ्‌योङ्बान थेनीगदे मुबा ग्‍लारी खजी, ओच्‍छे थेनीगदे जम्‍मादान लछार पछार लसी तहरी थान्‍जी, जमाहेन्‍से थेनीगदे लिगन्‍डी तसी घाइते तसी थे दिमग्‍याम थोन्‍सी यार्जी।