Acts 19:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्यो पावलले के भन्दै छ, तिमीहरू आफैं देख्दै र सुन्दै छौ। मानिसको हातले बनाएका देवताचाहिँ देवता नै होइनन् भन्दै छ। उसले यहाँ एफिसस र एशियामा बस्ने सबै जसो मानिसहरूलाई आफ्ना कुरा सिकाएर भर्माउन आँटिसक्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू देखिरहेछौ र सुनिरहेछौ, कि एफिससमा मात्र होइन, तर प्राय: समस्त एशियामा हातले बनाएका देवदेवताचाहिँ केही होइन भनी पावलले धेरै मानिसहरूका समूहलाई फुस्लाएर बहकाई लगेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले तपाईंहरूले देख्नुभयो र सुन्नुभयो, कसरी पावल भन्ने यस व्यक्तिले यहाँ एफिसस र वास्तवमा एशियाका सबै प्रान्तहरूका धेरै मानिसहरूलाई राजी बनाउँदै बहकाउँदैछ; मानिसको हातले बनाइएका ईश्वरहरूचाहिँ ईश्वरहरू नै होइनन् भन्दै छ।
Nepali ERV (पवित्र बाइबल)
तर हेर, यो पावल भन्ने मानिसले के गरिरहेछ! सुन उसले के भनिरहेछ! पावलले धेरै जनालाई प्रभावित र परिवर्तन गरिसक्यो। उसले यहाँ एफिससमा र एशियाको सारा देशहरूमा यस्तो कार्यहरू गरिसकेकोछ। पावलले भन्छ कि मानिसहरूले बनाएको देवताहरू साँचो देवताहरू होइनन्।
Nepali Tamang 2011
एनीगदेसे म्राङ्बादेन थेःबा तामगदे एफिससरी जे आहिन, तर एशियाला जम्मान ग्लारी पावल भिबा म्हिसे म्हिला याग्याम स्होबा ल लुगदे चा तिगै आहिन भिसी ल्हानान म्हिगदेदा व्हाम्सी भोर्बा मुबा।