Acts 19:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस जय-जयकारले पूरै सहर गुन्जियो र सहरभरि होहल्ला मच्चिन लाग्यो। मानिसहरू हुल बाँधेर आए र माकेडोनियाबाट आएका पावलका साथी गायस र अरिस्तार्खसलाई समातेर रङ्गशालामा लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सारा सहरमा होहल्ला मच्चियो र तिनीहरू एक जुट भएर पावलका सहयात्री माकेडोनियावासी गायस र अरिस्तार्खसलाई समातेर रङ्गशालाभित्र घिस्स्याउँदै लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चाँडै नै पूरा सहरमा ठूलो खैलाबैला मच्चियो। अनि म्यासिडोनियाबाट आएका पावलका सहयात्री गायस र अरिस्तार्खसलाई मानिसहरूले समातेर रङ्गशालातिर घिसार्दै लगे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरुले गायस र अरिस्तार्ख सलाई समाते। (यी दुईमानिसहरु म्यसोडोनियावासी थिए र पावलसंग यात्रा गरिरहेका थिए।) सबै मानिसहरु रंङ्ग-भवनतिर दगुरे।
Nepali Tamang 2011
ओच्छे शहर न्हङनोन हल्ली खल्ली तजी। जमाहेन्से थेनीगदे जम्मान ढिक्सी माकेडोनियाला गायसदेन अरिस्तार्खस भिबा पावलला ह्रो न्हीदा चुङ्सी डुइबा छेङ्बा लसी रङगशाला न्हङरी भोर्जी।
Recommended Reading