Acts 19:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसको हुलमा ठूलो होहल्‍ला मच्‍चिरहेको थियो। कोही एक थोक भनेर कराउँथे त कोही अर्कै थोक भनेर चिच्‍च्‍याउँथे। तर धेरै मानिसहरूलाई किन भेला भएको हो, त्‍यति पनि थाहा थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरू भिन्‍नाभिन्‍नै कुरा गर्दै चिच्‍च्‍याउन लागे। किनकि त्‍यो भीड़मा होहल्‍ला मच्‍चिएको थियो, र धेरैजसो मानिसहरूले त तिनीहरू किन जम्‍मा भएका हुन्‌ सो पनि जानेका थिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँभित्र भेला भएको भीडमा ठूलो भ्रम पैदा भएको थियो: कोही मानिसहरू एउटा कुरा भनेर कराउँथे भने कोही अर्कै कुरा। अधिकांश मानिसहरूलाई त तिनीहरू त्यहाँ किन आएका थिए, त्यो पनि थाहा थिएन।
Nepali ERV (पवित्र बाइबल)
कतिपय मानिसहरु एउटा कुरामा चिच्याईरहेका थिए कतिपय अर्कै कुरामा चिच्याई रहेका थिए। त्यो सभा अन्योलपूर्ण थियो। धेरै मानिसहरु त्यहाँ आफु किन आएका थिए बुझेकै थिएनन्।
Nepali Tamang 2011
थेनोन धुइरी थेनीगदे न्‍हङरी गिकसेम गिक ह्राङ ह्राङला ताम लबान क्रिङ्सी हल्‍ली खल्‍ली लबान मुबा। तिग्‍दा भिसम थेरी मुबा ल्‍हानान म्‍हिगदेदा ह्राङ तिग्‍दा पोप तजी भिबा ताम सुत्तै था आरेमुबा।