Acts 19:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आखिरमा नगर-सभाका सचिवले मानिसहरूलाई शान्‍त गराउन सके। उनले भने, “एफिससका दाजुभाइहरू हो, एफिसीहरूको सहरचाहिँ महान् देवी आर्तेमिसको मन्‍दिर र आकाशबाट झरेको उनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र? कसैले पनि यो कुरा होइन भन्‍न सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नगरका हाकिमले मानिसहरूलाई शान्‍त पारेपछि भने, “एफिससका मानिस हो, एफिसीहरूको सहरचाहिँ महान्‌ आर्तेमिसको मन्‍दिर र आकाशबाट खसेको तिनको मूर्तिको रक्षक हो भन्‍ने कुरा कसलाई थाहा छैन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यस नगरका हाकिमले भीडलाई साम्य पार्दै भने: “हे एफिससका मानिसहरू हो, महान् देवी आर्तेमिसको मूर्ति स्वर्गबाट खसेको हो, र उनको मन्दिरको रक्षक एफिसस सहर हो भनी के कसैलाई थाहा छैन र?
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि शहरका हाकीमले तिनीहरूलाई शान्त पार्ने प्रयास गरे अनि भने, “एफिससका मानिसहरू हो! के संसारमा कोही मानिस छन् जसले एफिसस शहरको महादेवी आर्तेमस मन्दिर छ अनि उनको मूर्ति जो स्वर्गवाट झरेको हो भन्ने जान्दैन?
Nepali Tamang 2011
जमाहेन्‍से शहरला हाकिमसे म्‍हिगदेदा कुटिसी चिना लमाहेन्‍से चुह्रङ् भिसी घोना लजी, “एफिससला म्‍हिगदे, एफिसस शहर चा घ्रेन आर्तेमिसला मन्‍दिरदेन मुग्‍याम ताइबा थेला मूर्तिदा जोगब लसी थान्‍बा मुला भिबा ताम खाल्‍दा था आरे?