Acts 19:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि डेमेत्रियस र उनका सुनार साथीहरूको कसैको विरोधमा केही कुरा छ भने तिनीहरूले न्‍यायालयमा गएर उजुर गर्न सक्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण यदि डेमेत्रियस र तिनीसँग हुने कारीगरहरूको कसैको विरुद्धमा केही उजूर भए अदालतहरू खुला छँदैछन्, र न्‍यायाधीशहरू पनि छँदैछन्, तिनीहरू एक-अर्काको विरुद्ध मुद्दा लडून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले डेमेत्रियस र उनका शिल्पकारहरूलाई कसैप्रति कुनै गुनासो छ भने त्यसको सुनुवाइका निम्ति अदालतहरू खुला छन्, र उचित अधिकारीहरू पनि छन्। त्यहाँ तिनीहरू आरोप पेश गर्न सक्छन्।
Nepali ERV (पवित्र बाइबल)
हाम्रो न्यायालयहरू छन् अनि त्यहाँ निर्णायकहरू छन्। डेमेत्रियस र उनका कारीगरहरूको कसैको विरोधमा केही छ भने तिनीहरू न्यायलयहरू जाउन्। न्यायलयमा तिनीहरूले आपसमा दोषारोपन गरून।
Nepali Tamang 2011
चुदे डेमेत्रियसदेन थेला गे लबागदेसे खालैला बिरोधरी उजुर लतोःबा मुसम अदालतगदे मुनोन मुला ओच्‍छे न्‍यायाधीशगदेएनोन मुनोन मुला। थेतबासेलमा थेनीगदेसे गिकसे गिकदा बिरोध लबा हिन्‍सम मुद्दा युगै।