Acts 19:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले भने, “यूहन्नाले सिकाएको बप्तिस्मा पापबाट मन फिराउनको लागि हो। उनले त ‘मभन्दा पछि आउनुहुनेमाथि नै विश्वास गर’ भनेर मानिसहरूलाई बताए। उनको पछि आउनुहुनेचाहिँ येशू नै हुनुहुन्थ्यो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पावलले भने, “यूहन्नाले दिएको बप्तिस्माचाहिँ पश्चात्तापको बप्तिस्मा थियो। उनीपछि आउनुहुने व्यक्ति, अर्थात् येशूमाथि विश्वास गर्नू भनी उनले मानिसहरूलाई बताउँथे।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पावलले भने, “यूहन्नाको बप्तिस्मा पश्चात्ताप मात्रको बप्तिस्मा थियो। तिनले ‘मभन्दा पछि आउनुहुनेमाथि विश्वास गर्नुपर्दछ’ भनेर मानिसहरूलाई सुनाए। तिनीभन्दा पछि आउनुहुनेचाहिँ येशू हो।”
Nepali ERV (पवित्र बाइबल)
पावलले भने, “यूहन्नाले मानिसहरूलाई आफ्नो जीवन परिवर्तन गर्न चाहनेलाई बप्तिस्मा दिन्थे। यूहन्नाले भन्थे एकैजनालाई मात्र विश्वास गर जो उ पछि आइरहेछन्। तिनी येशू हुन्।”
Nepali Tamang 2011
जमाहेन्से पावलसे थेनीगदेदा “यूहन्नासे पिन्बा बप्तिस्मा चा ह्राङ ह्राङला पाप ख्लासी परमेश्वरपट्टि दोःगै भिसी पिन्बा बप्तिस्मा हिन्ना। थेसे ह्राङ भन्दा लिच्छा फेप्खबा म्हिदा विश्वास लउ भिसी म्हिगदेदा लोप्मुबा, थे म्हि येशू हिन्ना” भिसी पाङ्जी।