Acts 19:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कतिले मन कठोर पारेर प्रभुमा विश्‍वास गरेनन्। उल्‍टो तिनीहरूले प्रभुले दिनुभएको त्‍यो मुक्ति पाउने बाटोलाई सबैको अगाडि निन्‍दा गरे। यसकारण पावल तिनीहरूको सभाघरमा जान नै छोडिदिए र प्रभुमा विश्‍वास गर्ने चेलाहरूलाई आफैंसँग लगे। त्‍यसपछि पावलले टुरान्‍नस विद्यालयमा दिनदिनै मानिसहरूसँग भेटेर मुक्तिको बारेमा वाद-विवाद गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब कुनै-कुनैले हठी भएर विश्‍वास गरेनन्, र यस समुदायको विरुद्धमा झुण्‍डको सामुन्‍ने बोल्‍न लागे, तब पावल तिनीहरूबाट अलग्‍ग भए, र चेलाहरूलाई साथमा लगी टुरान्‍नसको विद्यालयमा बहस गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तीमध्ये कोही हठी भएर विश्‍वास गर्न अस्वीकार गरी, सो मार्गको विरुद्ध खुल्‍लमखुल्‍ला अपशब्द बोल्न थाले। त्यसैले पावलले तिनीहरूलाई छोडेर गए। अनि चेलाहरूलाई आफ्ना साथमा लगेर टुरान्‍नसको पाठशालामा दिनहुँ छलफल गर्न थाले।
Nepali ERV (पवित्र बाइबल)
तर कतिपय यहूदीहरू कठोर थिए । तिनीहरूले विश्वास गरेनन्। तिनीहरूले परमेश्वरको बाटोको विषयमा धेरै निन्दनीय कुराहरू मानिसहरू समक्ष गरे। यसर्थ पावलले तिनीहरूलाई छाडे अनि चेलाहरूलाई साथमा लिएर हिंडे अनि हरेक दिन टिरान्नसको पाठशालामा गएर वहस गर्ने गर्थे।
Nepali Tamang 2011
तर थेरी कोइ कोइ म्‍हिगदे अटेरी तसी विश्‍वास आलना येशूदा विश्‍वास लबा म्‍हिगदेला ओन्‍छाङरी थेरी मुबा समूहला बिरोध लबारी छ्‌याइजी। थेतबासेलमा पावल थेनीगदेग्‍याम फेसी चेलागदेदा छ्‌यामनोन भोर्सी टुरान्‍नस भिबा ग्‍लाला स्‍कूलरी धिन धिननोन छलफल लबारी छ्‌याइजी।