Acts 2:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
क्रेट टापू र अरब देशबाट आएका मानिसहरू हौं। हामी चाहे यहूदी हौं, चाहे यहूदी धर्म लिएका अर्को जातका मानिस हौं, यिनीहरूले परमेश्वरले गर्नुहुने महान् कामहरूको बारेमा बोलेको चाहिँ आ-आफ्नै भाषामा सुन्दै छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौं, अनि हामी आ-आफ्ना भाषामा परमेश्वरका महान् कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(यहूदी र यहूदी धर्म मान्नेहरू दुवै); क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौँ। सबैले हाम्रा आ-आफ्नै भाषामा परमेश्वरको अद्भुत कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौँ!”
Nepali ERV (पवित्र बाइबल)
क्रेती र अरबीयाबटा। हामी कतिपय जन्मजात यहूदीहरू हौं अनि अरू कतिलाई यहूदी धर्ममा परिवर्तन गरिको छ। हामी ती विभिन्न देशहरूबाट आएका हौं। तर हामी ती मानिसहरूलाई हाम्रो आफ्नै भाषामा सुन्न सक्छौं। तिनीहरूले परमेश्वरको विषयमा भनेका सबै महान कुराहरू हामी बुझ्न सक्छौं।”
Nepali Tamang 2011
यहूदीदेन यहूदी धर्म तेन्बा अर्गु य्हुलला म्हिगदे मुला। ओच्छे क्रेट य्हुल्सारी चिबा म्हिगदेदेन अरबीला म्हिगदेएनोन मुला, थेनीगदेसे मी य्हाङला ह्राङ ह्राङलान ग्योइरी परमेश्वरसे लबा घ्रेन गेला बारेरी पाङ्बान चीम।