Acts 2:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी अचम्‍म र अलमल्‍ल परेर तिनीहरू एकले अर्कोसँग “यो के हो?” भनेर सोधपुछ गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सबै आश्‍चर्यचकित भए र अन्‍योलमा परेर एउटाले अर्कालाई यसो भन्‍न लागे, “यसको अर्थ के हो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू अचम्म र अन्योलमा परे, र एक-अर्कालाई प्रश्न गर्न थाले, “यसको अर्थ के हो?”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू सबै आर्श्चय चकित र अलमल्ल भए। तिनीहरूले आपसमा प्रश्न गरे, “यसको मतलब के हुन सक्थ्यो?”
Nepali Tamang 2011
चुह्रङ्बा म्राङ्सी थेनीगदे जम्‍मान उदेक तसी अलमल तसी गिकसे गिकदा “चु तिग तबा?” भिसी ङ्‌योइबा छार्बा लबारी छ्‌याइजी।