Acts 2:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पत्रुस र अरू एघार प्रेरितहरू सँगै उभिए र पत्रुसले सबैले सुन्ने गरी भन्न लागे, “हे यहूदी साथी र यरूशलेममा बस्ने दाजुभाइहरू हो, यहाँ के भएको हो, त्यो म तपाईंहरूलाई बुझाउनेछु। अब मैले भन्न लागेका कुराहरू ध्यान दिएर सुन्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पत्रुसले एघार जनासँग खड़ा भएर उच्च सोरमा तिनीहरूलाई भने, “यहूदियाका मानिस हो, र यरूशलेमका जम्मै बासिन्दाहरू, तपाईंहरूलाई यो कुरा थाहा होस्, र मेरा कुरा सुन्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पत्रुस एघार जनासँग उभिए। अनि उच्च सोरमा भीडलाई यसरी सम्बोधन गरे: “यहूदी मित्रहरू र यरूशलेममा बस्नुहुने तपाईं सबै मानिसहरू हो, तपाईंहरूसमक्ष यसको अर्थ मलाई वर्णन गर्न दिनुहोस्। अनि म जे भन्छु, त्यो ध्यानपूर्वक सुन्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पत्रुस अन्य एघार जना प्रेरितहरूसित उभिए। सबै जनसमुदायले सुन्ने गरेर उनले जोडसंग कराएर भने। उनले भने, “मेरा यहूदी दाज्यु-भाइहरू र यरूशलेमाका बासिन्दाहरू, मलाई ध्यान दिएर सुन! म तिमीहरूले जान्नु पर्ने आवश्यक कुराहरू भन्न लागेको छु।
Nepali Tamang 2011
जमाहेन्से पत्रुस च्युक गिक चेलागदेदेन छ्याम राप्सी जजाकी ङाच्छा निसी घ्रेन काइरी चुह्रङ् भिसी भिजी, “यहूदिया अञ्चलग्याम ज्योङ्खबा यहूदी ह्रोगदेदेन यरूशलेमरी स्य्हूबा जम्मान म्हिगदे चु तिग तबा हिन्ना ङाइ ह्राङनीदा घोना लला। ह्राङनीसे ङाला ताम ज्यना लसी ङ्यान्गो।