Acts 2:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वर भन्नुहुन्छ, ‘आखिरी दिनहरूमा म सबै मानिसहरूमाथि मेरो आत्मा खन्याउनेछु अनि तिमीहरूका छोरा-छोरीहरूले अगमवाणी बोल्नेछन्, युवाहरूले दर्शन देख्नेछन् र बुढापाकाहरूले चाहिँ सपना देख्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरा आत्मा खन्याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्, र तिमीहरूका बूढ़ापाकाहरू स्वप्नदर्शी हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘अन्तिम दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु। तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्; तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्, तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
‘परमेश्वर भन्नुहुन्छः अन्तिम दिनहरूमा सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु, तिम्रा छोरा अनि छोरीहरूले अगमवाणी गर्नेछन्। तिम्रा जवान मानिसहरूले दर्शनहरू देख्नेछन्। तिम्रा बूढा मानिसहरूले विशेष दर्शनहरू देख्नेछन्।
Nepali Tamang 2011
‘परमेश्वरसे सुङ्बा मुला, लिच्छाला धिनरी ङाइ जम्मान म्हिगदेथोरी ङाला आत्मा पुइखला, जमाहेन्से एनीगदेला झा झामेगदेसे अगमवाणी पाङ्ला, ओच्छे एनीगदेला ठिटा कोलागदेसे परमेश्वरसे उन्बा ताम म्राङ्ला, ओच्छे एनीगदेला आखे मम म्हेमेगदेसे म्हाङ म्राङ्ला।