Acts 2:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले आफ्‍नो योजना र ज्ञानअनुसार येशूलाई तपाईंहरूको हातमा सुम्‍पिदिनुभयो र तपाईंहरूले उहाँलाई दुष्‍ट मानिसहरूको हातमा सुम्‍पेर क्रूसमा मार्नसमेत लगाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले ठहराउनुभएको निश्‍चित योजना र पूर्वज्ञानअनुसार पक्राउ पर्नुभएको यिनै येशूलाई अधर्मी मानिसहरूका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो निश्‍चित योजना र पूर्वज्ञानद्वारा यी व्यक्तिलाई परमेश्‍वरले तपाईंहरूमा सुम्पनुभएको थियो। उहाँ येशूलाई अधर्मी मानिसहरूको मदतद्वारा क्रूसमा काँटी ठोकी झुण्ड्याएर मार्ने काम तपाईंहरूले गर्नुभयो;
Nepali ERV (पवित्र बाइबल)
येशूलाई तिमीहरूमा सुम्पिएको थियो अनि तिमीहरूले उहाँलाई मारयौ। ती मानिसहरूका सहायता लिएर जोसित परमेश्वरको नियम छैन तिमीहरूले येशूलाई क्रूसमा किला ठोक्यौ। तर परमेश्वरलाई यी सबै घटना हुने थाहा थियो। यो परमेश्वरकै योजना थियो। परमेश्वरले यो योजना धेरै अघि बनाउनु भएको थियो।
Nepali Tamang 2011
परमेश्‍वरसे ङाच्‍छान म्‍हन्‍बा अन्‍छार येशूदा ह्राङनीसे चुङ्‌जी। ओच्‍छे येशूदा ह्राङनीसे पापी म्‍हिगदेला यारी जिम्‍मा पिन्‍सी क्रुसरी टाँगब लसी साइपुङ्जी।