Acts 2:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमेश्वरले उहाँलाई मरेकोबाट बिउँताउनुभएको छ। परमेश्वरले उहाँलाई मृत्युको शक्तिबाट छुटाउनुभएको छ किनभने उहाँ मृत्युको अधीनमा भइरहनु असम्भव थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँलाई परमेश्वरले मृत्युको पीडाबाट छुटकारा दिएर जीवित पार्नुभयो। किनकि मृत्युको अधीनमा उहाँ भइरहनु असम्भव थियो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मृत्युको पीडाबाट छुटकारा दिलाउँदै परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो; किनकि मृत्युले उहाँलाई आफ्नो अधीनमा राखिरहन असम्भव थियो।
Nepali ERV (पवित्र बाइबल)
येशूले मृत्युको पीडा खप्नु परयो, तर परमेश्वरले उहाँलाई मृत्युबाट छुटकारा दिनुभयो। मृत्युले येशूलाई समाल्न सकेन। परमेश्वरले येशूलाई मृत्युबाट ल्याउनु भयो।
Nepali Tamang 2011
तर येशूदा सिबाला शक्तिसे साइबाला साइबान लबारी आखम्नी। तिग्दा भिसम परमेश्वरसे येशूदा सिबाला दुखग्याम फेसी सोना लजी।