Acts 2:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले गर्नुहुने काम दाऊदले अघि नै देखिसकेका थिए। यसकारण मुक्ति दिनुहुने राजा ख्रीष्‍ट मरेकोबाट बिउँतनुहुन्‍छ भन्‍ने कुरासँग यो मिल्‍न आउँछ। ‘उहाँ पातालमा छोडिनुभएन अनि उहाँको शरीर पनि कुहेन’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अघिबाटै यो देखेर उनले ख्रीष्‍टको पुनरुत्‍थानको विषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँको शरीर नै कुह्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पछि हुने घटना पहिले नै थाहा पाएकाले उनले ख्रीष्‍ट पुनरुत्थान हुनुहुनेछ भन्‍ने विषयमा बोले। उहाँ न चिहानमा त्यसै छोडिनुभयो, न त उहाँको शरीर कुहियो।
Nepali ERV (पवित्र बाइबल)
यस्तो घटना हुन अघि नै दाऊदलाई यो कुरा थाहा थियो। यसैकारण येशूको पुनरुत्थानको विषयमा दाऊदले भनेः ‘उहाँलाई नरकमा छाडिएको थिएन। उहाँको शरीर चिहानमा सडेन।’
Nepali Tamang 2011
परमेश्‍वरसे लिच्‍छा तिग लला भिसी दाऊदसे ङाच्‍छान म्राङ्‌मुबा। थेतबासेलमा थेसे थार्बा पिन्‍बा ख्रीष्‍ट सिबाग्‍याम सोला भिसी चुह्रङ् भिमुबा, ‘थेदा सिबागदे निबा ग्‍लारी आख्‍लानी ओच्‍छे थेला सिबा ल्‍हुइ नइना आलनी।’